Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने सहमति

User Photo शुक्रबार, असार २०, २०७६
काठमाण्डाै ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १४ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ।

गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति नै गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।

शुक्रबार मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिए । उनले राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताए ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।

मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.