Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 25, 2026
आइतवार, बैशाख १३, २०८३

हङकङलाई ६ विकेटले हराउँदै नेपाल बन्याे विजेता, यू–१९ एसिया कपमा छनोट

User Photo मङ्लबार, असार २४, २०७६
काठमाण्डाै ।

मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट भएको छ ।

मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो ।

नेपालको जितका लागि पवन सरार्फले ३९ रनको योगदान गरे । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतम १४ बलमा १३ र खडक बोहरा २२ बलमा ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन बनाएर आउट हुँदा भीम सार्की ८ रन बनाई नटआउट रहे । ६ बल सामना गरेका हरिबहादुर चौहानले रन जोड्न सकेनन्।

हङकङका लागि रौनक कपुरले २, मोहमद हसन खान र हसन खानले नेपालको एक-एक विकेट लिए । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको थियो।

नेपालका सागर ढकाले एक्लैले हङकङको ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरपछि कमलसिंह ऐरीले ३ विकेट लिन सफल भए । कुशल मल्ल र पवन सरार्फले एक–एक विकेट लिए ।

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान चल्लुले १९, राउनक कपुरले १२ र मोहमद हसनले ९ रन जोडे । चार ब्याट्सम्यान शून्य रनमै आउट भए ।

नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । सोमबार भएको सेमिफाइनलमा मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाली युवा टोलीले फाइनलमा प्रवेश गरेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.