हाेटलमा मृत भेटिएका दाजु बहिनी पर्ने एक जाेडी अबैध सम्बन्धका कारण आत्महत्या गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । घट्नाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं वडा नं ५ आगर घर भएका महादेव सिहँ डागा र मालिकार्जुन गाउँपालिका वडा नं ४ औतालेक घर भइकि मनिशा डागा (महादेवकी काकाकी छोरी- नाताले बहिनी) दार्चुलाको सदरमुकाम खलंगामा रहेको विष्ट होटेल एण्ड वियरबारकाे काेठामा एउटै डाेरीमा झुन्डिएकाे अवस्थामा फेला परेका थिए ।
मृतक दुबै विवाहित हुन । साेमबार साझ बास बस्न भनि उनीहरू होटेलमा आएकाे हाेटलले बताएकाे छ । हाेटेल सञ्चालकलाई महादेवले २–३ महिना अघि विवाह गरेकाे र नागरीकता बनाउन सदरमुकाम आएकाे बताएका थिए ।
खाना कोठामै मगाएर खाएकाे र विहान ढिला भए विउझाइ दिनु समेत उनीहरूले भनेका थिए । विहान ढिलाे सम्म नउठेपछी उठाउन जादा भेण्डीलेसन बाट हेर्दा झुण्डीएको देखे पछी प्रहरीलाई खबर भएकाे थियाे ।
उनीहरू विच अनैतिक सम्बन्ध रहेको गाउँलेहरुले बताएका छन् । मृतक डागाले मृतक महिला र आफ्नो फोटो करिव राति ११ बजे तिर ‘रिप’ लेखी पोष्ट गरेका थिए ।
