Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

बलिउड नायिका कट्रिना कैफकाे चिन्ताः बिबाह गर्न मन छ, केटा छैन

रंगिन पर्दा

User Photo बुधबार, साउन १, २०७६
काठमाण्डाै ।

बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् ।

यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन दीपिका पादुकोण, सोनम कपुर, अनुष्का शर्मा र प्रियंका चोपडाले बिबाह गरिसक्नु भयो । अब तपाईको पनि पालो आएन र ?’ यो प्रश्नको जवाफमा कट्रिनाले भनिन्–‘हो सबैले बिबाह गरिसक्नु भएको छ । तर, मेरो लागि त जोडी नै भेटिएको छैन । कोसँग बिबाह गर्ने ?’

कट्रिना आफूलाई पनि बिबाह गर्न मन लागेको बताउँछिन् । यदि आफूलाई माया गर्ने श्रीमान् पाएको खण्डमा चलचित्र क्षेत्र नै छोड्न पनि तयार रहेको उनको भनाई छ । उनले अगाडि भनिन्–‘यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि बलिउड छोड्न तयार छु । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ । म घरमा नै बसेर बच्चा हुर्काउने छु ।’

करिअरको सुरुवाती दिनमा कट्रिनाको नाम नायक सलमान खानसँग जोडिएको थियो । तर, उनीहरुले यो कुरालाई स्विकार गरेका थिएनन् । पछि कट्रिना र नायक रणवीर कपुर प्रेममा थिए । आपसी असमझदारीका कारण उनीहरु अलग भैसकेका छन् । अहिले पुन कट्रिनाको नाम सलमानसँग जोड्न थालिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.