Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 25, 2026
आइतवार, बैशाख १३, २०८३

दरबारमार्ग स्थित क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ

User Photo मङ्लबार, साउन १४, २०७६
काठमाण्डाै ।

दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो ।

‘माइन्ड डिभाइसले इन्टरपोलमा नोटिस जारी भएका फरार अपराधी, संदिग्ध व्यक्तिको पहिचान, चोरी वा हराएका पासपोर्ट र ट्राभल डकुमेन्टको प्रयोग गरी आवतजावत गर्ने मानिसको नियन्त्रण गर्न सहयोग गर्छ’, उनले भने, ‘त्यसकै आधारमा श्रेष्ठ विमानस्थलमा पक्राउ परेका हुन् ।’

काठमाडौं प्रहरीका अनुसार श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे ।

श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । तर, उनी सम्पर्कमा थिएनन् ।

यसअघि २८ मंसिर ०७४ मा चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरे पनि उनी नआएपछि क्लबमा तोडफोड भएको थियो भने ८ जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलेको थियो । हाल जिल्ला अदालत, काठमाडौं त्यो मुद्दा विचाराधीन छ ।

घटनापछि नै विश्वरामले २ करोड लगानी गरेको जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.