छिमेकीको कुटाई बाट गम्भीर घाईते भएकी लम्कीचुहा नगरपालिका वडा ८ गप्काकी रामजानकी डँगौरा थारुले ३९ दिन सम्म पनि न्याय नपाए पछी पिडित पक्षले न्यायका लागी गुहार मागेकाछन ।
सामान्य खेतको आली सारेको विषयमा भएकाे विवादमा गत असार १७ गते छिमेकी यमबहादुर चौधरी र उनकी दिदि लक्ष्मीले मिलेर उनलाई कुटपिट गरेको रामजानकीले बताइन । कुटाइबाट घाइते रामजानकीकाे अवस्था झन गम्भीर बन्दै गएपछि आज स्थानिय टंक देउवाको पहलमा सेति अञ्चल अस्पताल धनगढी लगिएको छ ।

पिडक यमबहादुर चौधरी र उनकी दिदि लक्ष्मी
उनलाई उठन बस्न पनि समस्या हुने गरेको आफन्त बताउछन। गत असार १७ गते अपरान्न करीव ४ बजेतिर यमबहादुरले खेतको साधे आली सार्न लागेको देखेपछि किन सारेको भनी बुझ्न खोज्दा गाली गर्दै घाटि च्याप्न आएको पिडितले बताइन । छिमेकी यमबहादुरले मुक्काले हानेकाे, लात्ति लात्तिले पेटमा, ढाडमा हाने पछि यम बहादुरकी दिदि लक्ष्मीले समेत पिटेको रामजानकीले बताएकीछन । उनले भनिन “यम बहादुर र उनकी दिदिले कपाल र घाटि समाते, त्यसपछि लात्तिले हाने दाजु बहिनी मिलेर मरणासान्न हुने गरी पिटे।”
नगरपालिकाको न्यायिक समितिमा न्याएको लागी जाँदा पनि न्यायिक समितिले चासो नदिएर ईलाका प्रहरी कार्यालयमा गएको तर ईलाका प्रहरी कार्यालय लम्कीले केस दर्ता गर्न नमानेको रामजानकीका श्रीमान तिर्थ डगौराले आराेप लगाएकाछन ।
ईलाका प्रहरी कार्यालयका लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बाहिरी घाउचोट केहि नदेखिएले कुटपिटको मुद्धा देवानी फौजदारी

घाइते रामजानकी डँगौरा थारु
अभियोग अन्तर्गत पर्ने भएको हुदा अदालतले हेर्ने बताए । अदालतले पिडकलाई पक्राउ गर्न आदेश दिएमा आफुहरु पक्राउ गरेर अदालतलाई बुझाउन तयार रहेको बताएकाछन ।
पिटाइबाट घाईते रामजानकीको ढाड लगायत शरीरभरी तथा सम्बेदनशिल अंगमा समेत गम्भीर चोट देखिएकाे आफन्त तथा स्थानिय बताउछन । घटनाको आवश्यक छानविन गरी, दोषिलाई हदै सम्मको कारबाहि गरी दिन पिडितका ससुरा बादुराम दासले सम्बन्धीत पक्षलाई आग्रह गरेकाछन ।
