Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

रक्सी खाएको भन्दै आमाले गाली गरेपछि पोखरीमा डुबेर आत्महत्या

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

राजविराज । आमाले गाली गरेको भन्दै मादक पदार्थ खाएर आएका ३० वर्षीय अरुण मुखियाले पोखरीमा डुबेर आत्महत्या गरेका छन्। राजविराज नगरपालिका- ६ का जुलमा मुखियाको छोरा अरुणले मंगलबार मध्य राति पोखरीमा डुबेर आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।

छिमेकीका अनुसार सधैं मादक पदार्थ खाएर आउने भन्दै आमाले गाली गरेपछि आवेशमा आएका उनी पोखरीमा डुबेर मर्छु भन्दै घरबाट निक्लिएका थिए। घरपरिवारका मानिसले मादक पदार्थको नशामा बोलेको भन्दै उनको कुरा तत्काल पत्याएनन् ।
अरुणले भने घर नजिकै रहेको तुरन्ती पोखरीमा हाम फाले। पोखरीमा हाम फालेर डुबेको कुरा मृतककी श्रीमती २८ वर्षीया पुनमदेवी मुखियाले फोनमार्फत जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइन्।

तत्काललै नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली र स्थानीयले पोखरीमा खोजे। तर फेला पार्न सकेनन्। बुधबार बिहानपख भने उनको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गाली गरेपछि आवेशमा आएर पोखरीमा हाम फालेर डुबेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.