Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

इन्दिरा गान्धी देखि केजरीवालको मुद्दा लड्ने वकिल राम जेठमलानीको निधन

User Photo आइतवार, भदौ २२, २०७६
काठमाण्डाै ।

 भारतका चर्चित वकिल तथा अटल बिहारी वाजपेयी सरकारमा कानुनमन्त्रीसमेत रहेका राम जेठमलानीको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । जेठमलानी बार काउन्सिलका अध्यक्ष समेत रहिसकेका छन् ।

कयौँ हाइप्रोफाइल मुद्दा लडेका जेठमलानी भारतका प्रतिष्ठित वकिलमध्येका एक थिए । जेठमलानीको जन्म १४ सेप्टेम्बर, १९२३ मा भएको थियो ।

१७ वर्षको उमेरमा जेठमलानीले कानूनमा डिग्री लिएका थिए । उनको जन्म वर्तमानको पाकिस्तानमा भएको थियो तर विभाजनको बेला उनी भारत आएका थिए ।

सन् १९५९ मा नानावती मुद्दामा जेठमलानीले आफ्नो पहिचान बनाएका थिए । त्यसपछि ‘क्रिमिनल ल प्राक्टिस’ मा उनी दिग्गज अनुहार बने ।

जेठमलानीका दुई छोरा र दुई छोरी रहेका छन् । उनीहरुमध्ये महेश जेठमलानी र रानी जेठमलानी पनि चर्चित वकिल हुन् ।

सन् २०१४ को आम निर्वाचन अघि जेठमलानीले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका थिए । यद्यपि, मोदी प्रधानमन्त्री बनेपछि उनी मोदी विरुद्ध उभिएका थिए । सन् २०१५ मा अरुण जेटलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि मानहानीको मुद्दा दर्ता गर्दा जेठमलानीले केजरीवालको पैरवी गरेका थिए ।

जेठमलानीले लडेका हाइप्रोफाइल मुद्दाहरुमा इन्दिरा गान्धी हत्याकाण्ड, हर्षद मेहता स्टक घोटाला, केतन पारेख, एलके आडवानी हवाला, जयललिताको अघोषित सम्पत्ति, टु–जीमा कोनिमोईको बचाव, जेसिका लाल मर्डरमा मनु शर्माका बचाव, चारा घोटालामा लालूप्रसाद यादव, खनन घोटालामा येदियुरप्पाको केस, संसदमाथि हमलामा अफजल गुरुको मुद्दा, साहरा सेबी मुद्दामा सुब्रतो रोयको बचाव र रामलीला मैदानमा बाबा रामदेवको बचाव आदि हुन् ।

सन् २०१७ मा राम जेठमलानीले कानूनी पेशाबाट अवकासको घोषणा गरेका थिए ।

यसअघि उनी सन् १९८८ मा राज्यसभा सांसद बनेका थिए । त्यसपछि उनी मुलधारको राजनीतिमा सक्रिय रहे । सन् १९९६ मा अटल बिहारी वाजपेयीको सरकारमा उनी कानूनमन्त्री बनेका थिए ।

वाजपेयी सरकारको दोस्रो कार्यकालमा उनलाई शहरी विकास मन्त्रालयको जिम्मा दिइएको थियो । सन् १९९९ मा उनी पुनः कानुनमन्त्री बने पनि सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस एसएस आनन्द र महान्यायधिवक्तासँग मतभेदका कारण प्रधानमन्त्रीले उनलाई राजीनामा दिन भनेका थिए ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.