Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

भाइल ज्वरोले मृत्यु

User Photo सोमवार, भदौ २३, २०७६
काठमाण्डाै ।

जाजरकोट। जाजरकोटमा भाइरल ज्वरोले एक बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो ।

ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो ।

उपचारका लागि नेपालगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए । आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षामा पढ्दैथिइन्। उनका बाबुआमा मजदुरीका लागि ५ वर्षदेखि भारतको हिमाचलमा बस्दै आएका छन् ।

केही दिन यता जिल्ला अस्पताल र संस्थामा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्कर्मीले बताए। जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले बताए ।

बिरामी बढ्दै गएको तर औषधिको स्टक सकिदै गएकाले समस्या हुन थालेको उनले बताए । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुने वित्तिकै नजिकको स्वास्थ्य संस्था जान उनले आग्रह गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.