Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो

User Photo बुधबार, भदौ २५, २०७६
काठमाण्डाै ।

काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भने, ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्री ज्यूको मुटुमा राखिएको क्याथेटर हामीले निकालिदिएका हौं । उहाँलाई अरु थप उपचार गर्नु परेन ।’

क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको बताउँदै डा. सायमीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.