Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

महेश बस्नेत बस्ती पसे डेंगु गन बोकेर

User Photo बुधबार, भदौ २५, २०७६
काठमाण्डाै ।

भक्तपुर । डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् ।

सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् । उनी बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् ।

कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको बस्नेतले बताए । उनका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैया पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् ।

सांसद बस्नेत आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन विहानैदेखि फगर मेसिन बोकेर हिड्ने गरेका छन् । जसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ ।

बस्नेतले भने-तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं । स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ । सरकारलाई गाली गर्ने भन्दा आ-आफ्नो ठाउँबाट यति गर्न सकिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.