Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

चिकित्सकले मृत घोषितशिशु गाड्न लैजाँदा चलमलाएपछि…

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

बाँके ।सुत्केरी व्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रबार बिहान करीब ५ बजेतिर शिशुलाई जन्म दिइन्। शिशुको अवस्था सामान्य थियो। तर, शिशु जन्मेको खुशियाली परिवारमा बाँ‌ड्न नपाउँदै अस्पतालले शिशुको मृत्यु भएको भन्दै कमलाका आफन्तलाई जानकारी गरायो।

अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलिथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइ दियो । शिशु जन्मिएपछि खुशी भएका कमलाका श्रीमान् मिलन अधिकारी मलिन अनुहार लगाउँदै शिशुको अन्तिम संस्कारका लागि जुटे।

छेडागाड नगरपालिका-९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलाएको थियो।

‘प्रसूति कक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए, दु:खी हुँदै सतगद गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं, घटनाको विवरण सुनाउँदै मिलनले भने, ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो, कारवाही गरिनुपर्छ।’

उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रकमसमेत माग गरेको उनले बताए। ‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, अर्कोतिर अस्पतालका कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानुन हो?’ उनले भने भने,’ अति लापरवाही भयो, कारबाही हुनुपर्छ।’

उनका अनुसार कर्मचारीले कपडा धोएको ५ सय र बच्चा गाडेको १ हजार ५ सय गरी दुई हजार मागेपछि आफैं गाड्ने भनेर मरेको शिशु लैजाँदै गर्दा बाटोमा चलमलाको हो। शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम छ । गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसँग नियमित जाँच गराउँदै आएकी कमला फलोअपका लागि बिहीबार नेपालगञ्ज आएकी हुन्।

नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितले दोषीलाई कारवाहीको माग गरेका छन्। मिलनले भने, ‘यसअघि पनि बच्चा खेर गयो। सन्तानको नाममा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्यूँदै शिशुलाई गाड्न लगाइयो।’ रासस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.