Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

पूर्वडीआईजी पनि पक्राउ

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

काठमाडौं । इन्द्रजात्रा हेर्न पुगेका बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट, भूर्व मेजर केशव बस्नेत पनि छन् ।

‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेको थिएँ । प्रहरीहरु आएर माथिको आदेश छ भनेर उठायो’, पूर्वडीआईजीले भने, ‘हामीलाई पुलिस क्लबमा राखेको छ ।’

प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको उनको दाबी छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको बताए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.