देशभर डरलाग्दाे तरिकाले डेंगु फैलिरहेका बेला टिकापुरमा साझा पार्टीले डेंगु नियन्त्रण अभियान थालेकाेछ ।
टिकापुर डेंगु नियन्त्रण अभियानका संयाेजक लाेक ब. बुढाकाे बिशेष पहलमा बजार क्षेत्र तथा अस्पताल लगायत मान्छेकाे बाक्लाे उपस्थिती हुने क्षेत्रमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको हो
डेंगु बारे जनचेतना फैलाउने तथा बजार क्षेत्रमा बढी जाेखिम हुने भएकाले डेंगु नियन्त्रणका लागी अभियान थालिएकाे अभियानका संयाेजक बुढाले बताउनु भयाे । साथै सम्भावित जाेखिम रहेका क्षेत्रमा समेत अभियान जारी रहने संयाेजककाे भनाइछ ।
साझा पार्टीकाे डेंगु नियन्त्रण अभियान कैलालीभर जारी छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि साझा पार्टीकाे डेंगु नियन्त्रण अभियान जारी रहेकाेछ।

