Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

आजकाे राशिफल

User Photo बुधबार, अशोज १, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ असोज १, बुधबार। इ.स. २०१९ सेप्टेम्बर १८। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्थी, १५:१३ उप्रान्त पञ्चमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पहिलेको सफलताले भने हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापटबाट धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति धेरै समय दिन नसकिएला। श्रम र लगानीका तुलनामा व्यावसायिक प्रतिफल कम मात्र हातलागी हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तर प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। सुन्दर अलंकार वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। भौतिक साधनमा खर्च बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। कर्मक्षेत्रका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले काम सम्पादन हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। साझेदारीको सम्झौता भंग हुन सक्छ। तत्कालको फाइदा हेर्दा घाटा हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको सहयोगले काम सम्पादन हुनेछ। दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्नेछ। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.