Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

‘सरकार कांग्रेसले दाइजो दिएको होइन’:सञ्चारमन्त्री बाँस्कोटा

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

विराटनगर ।सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्। विराटनगरका पत्रकारसँग बोल्दै बाँस्कोटाले कांग्रेसले सरकार नै व्यवस्था विरोधी भएको आरोप लगाएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्। ‘नेकपाको सरकार निर्वाचित हो’, उनले कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘कसैले दाइजो दिएको होइन।’

उनले नेकपालाई जनताले देश चलाउने म्यान्डेट दिएको बताए। ‘जनताले नेकपालाई देश चलाउने म्याण्डेट दिएका छन्’,  ‘निर्वाचनका प्रतिबद्धता पूरा गर्न नेकपाले आफ्नै योजनामा सरकार चलाउँछ। कांग्रेसको एजेण्डा बोकेर हिँड्छ र ?’

उनले जनताले पत्याएको पार्टी भएकोले चुनावमा गरेको बाचा नेकपाको सरकारले पूरा गर्ने दाबी गरे। पेट्रोलियम पाइपलाइन विस्तारदेखि रेलमार्गबारे छिमेकी मुलुकसँग गरिएका द्धिपक्षीय सहमतिले देशमा विकासको ढोका खुलेको जिकिर गरे।

मन्त्री बाँस्कोटाले कुनै पनि शक्तिले व्यवस्था ढाल्न नसक्ने दाबी गरे। ‘जनताले लडेर ल्याएको व्यवस्था जनता स्वयम्ले रक्षा गर्छन्, कुनै पनि व्यक्ति र परिवारले राज्य चलाउने कुरा धेरै पुरानो भइसक्यो’,

बाँस्कोटाले सरकारले विदेशी शक्तिसँगको सम्बन्ध सन्तुलित बनाएर अघि जाने नीति अख्तियारी गरेको बताए


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.