Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

प्रधानमन्त्रीज्यू तपाईँलाई बजारभाउ थाहा छैन ?

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मर्म र भावनाविपरित चलेको आरोप लगाएका छन् ।

उनले नेपालगन्जमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको भन्दै यसले राज्य आतंकमा सरकार आफै लागिरहेको बताए ।

उनले जनताको करबाट तलव र सुविधा लिने प्रहरी र कर्मचारीलाई समेत सरकारले पार्टीका कार्यकर्ता बनाएको बताए ।

‘जनताको करबाट तलव खाने कुनै हालतमा क्षम्य हुँदैन,’ बिहीबार संसदमा मन्तव्य राख्दै सभापति देउवाले भने । उनले पछिल्लो समयमा संविधानको मर्म र भावनाविपरित सरकार हिँडिरहेको पनि आरोप लगाए ।
‘बहुमतको सरकार संविधानको मर्म र भावनाअनुसार चलनुपर्ने तर चलेको छैन,’

महँगी अत्याधिक बढेकाे भन्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहान्छु के तपाईँलाई बजार भाउ थाहा छैन ?’

उनले वर्तमान सरकार गठन भएको डेढ वर्षसम्म पनि संविधानको मर्म र भावना अनुसार चल्न नसक्दा संविधान नै असफल हुनु दुखद कुरा भएको पनि बताए । ‘यतिमात्रै होइन सरकार एकपछि अर्को गल्ति गर्दै गएको छ । न्यापालिकामा हस्तक्षेप, व्यवस्थापिकालाई खेलौना बनाउँदैछ । सरकारले आयोगहरुमा नियन्त्रण गर्दैछ । संविधानले तीनै तहमा अधिकार बाडफाडको व्यवस्था गरेपनि सरकार शक्ति केन्द्रीकृत गर्न लागेको छ,’ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले भने, ‘विकास निर्माणमा सुस्त बनेको सरकार भ्रष्टाचारमा चुस्त देखिएको छ ।’

जनताको मौलिक हकलाई बन्देज गराउने र आस्थाका आधारमा भेदभाव गर्ने काम सरकारले गरेको पनि उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.