Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

यसरी मनाइयो प्रदेश ५ मा संविधान दिवस फोटोफिचर

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

बुटवल । प्रदेश ५ सरकारले भव्य रुपमा संविधान दिवस मनाएको छ । आज बुटवलमा जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी र बाजागाजा सहित संविधान दिवस मनाइएको हो । बिहान बुटवल चारौहाबाट निकालिएको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।

मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले राज्य बलियो बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । संविधानले नागिरकलाई अधिकार सम्पन्न बनाएकाले त्यसलाई संस्थागत गर्न राज्यलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार क्रियाशील रहेको र आर्थिक विकास र समृद्धिको काममा सरकार लागेको बताए ।

संविधान दिवस विशेष समारोहमा ९६ वटा झाँकी सहितका र्याली समूह सहभागि भएका थिए । त्यसमध्ये उत्कृष्ट १० वटा समूहलाई पुरस्कृत गरिएको थियो । झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जितगढी सराँय व्यवस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए ।

त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तम छोंज धी देवदह र थारु साँस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समूहलाई क्रमशः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३ सय ३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.