Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कराँतेको अन्तिम ४ स्वर्ण छिनोफानो आज, फुटबलमा नेपाल–श्रीलंका भिड्दै

फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुको प्रतिस्पर्धा पनि आज

User Photo बुधबार, मंसिर १८, २०७६
काठमाण्डाै ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ । त्यस्तै, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा पनि आज हुनेछन् ।

आयोजकका अनुसार, कराँतेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ । मंसिर १६ देखि सुरु कराँतेमा यसअघि १५ स्वर्णको निर्णय आइसकेको छ । जसमा नेपालले सर्र्वाधिक ९ स्वर्ण ३ रजत र २ कास्य हासिल गरेको छ भने बंगलादेश र पाकिस्तानले समान ३ स्वर्ण जितेका छन् ।

कराँतेमा कूल १९ स्वर्ण रहेकोमा नेपाल अहिलेसम्म कुनै पनि विधामा पदकविहीन हुनु परेको छैन ।

सन् १९९९ मा नेपालमै भएको आठौं सागमा तेक्वान्दो र कराँतेले समान १४ स्वर्ण जितेको थियो । यसपटक कराँतेले त्यो इतिहास दोहोर्याउने लक्ष्य राखेको थियो । १४ वटै स्वर्ण जित्न नसके पनि कराँतेले १३औं संस्करणमा पनि उत्कृष्ट नतिजा ल्याएको छ ।

त्यस्तै, कराँतेसँगै यसपटक ९ स्वर्ण जितिसकेको तेक्वान्दोमा आज ६ स्वर्णको छिनोफानो हुँदैछ । कुल २९ स्वर्ण रहेको तेक्वान्दोमा पुम्सेतर्फ १३ र फाइटतर्फ ४ गरी १७ वटा स्वर्णको छिनोफानो भइसकेको छ । आज ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, बुधवार नेपाललाई दुई स्वर्ण दिलाएको उसुतर्फ आज पनि प्रतिस्पर्धा हुँदैछ । आज बिहानी सत्रमै दुई स्वर्णको छिनोफानो हुनेछ ।

त्यस्तै दशरथ रगशामा एथ्लेटिक्सको दोस्रो दिनको खेलहरू आज हुनेछन् । गोकर्णमा गल्फको दोस्रो दिनको खेल हुनेछ भने गोकर्णमै साइक्लिङ पनि हुँदैछ । सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् ।

यस्तै चर्चित खेल फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल दशरथ रंगशालमा बेलुका ५ बजे ५ बजे हुने तय भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.