Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

जनकपुरमा बम आतंक, दैनिक भेटिन थाले संकास्पद बस्तु

प्रेसर कुकरजस्तो वस्तु देखिएकाले शंकास्पद लागेर आवागमन बन्द

User Photo सोमवार, मंसिर ३०, २०७६
काठमाण्डाै ।

जनकपुरधाम उपमहानगरपालिका ९ स्थित संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो तर्फ खाली जग्गामा प्रेसर कुकर बमजस्तै देखिने शंकास्पद वस्तु देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अप्नाएको छ । प्रेसर कुकर बमजस्तो वस्तु भित्तामा राखेको स्थानीयवासीले देखेपछि प्रहरीले सो क्षेत्रमा करिब २ घन्टा देखि आवागमन नै ठप्प पारेको हो ।

करिब राति ९ बजे स्थानीयवासीहरुले भित्तामा प्रेसर कुकर राखेको देखेपछि बमको शंका गर्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेनालाई बोलाएको छ ।

यता प्रेसर कुकरजस्तो वस्तु देखिएकाले शंकास्पद लागेर आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । सो वस्तु कुकर बम भएको अशंका भएकोले आवतजावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शनिबार धनुषास्थित महेन्द्रनगर बजारमा एक व्यवसायीको घरमा बम बिस्फोट हुदा एक प्रहरी निरीक्षक सहित ३ जनाको मृत्युका र ४ जना घाइते भएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.