Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

पीपीएलमा ज्ञानेन्द्र मल्लकाे विष्फोटक ब्याटिङ, ३७ बलमै बनाए शतक

घरेलु क्रिकेटमा सबैभन्दा छिटो शतक तथा पीपीलएकै पहिलो शतकको कीर्तिमान

बुधबार, पुस २, २०७६
काठमाण्डाै ।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिग (पीपीएल) विष्फोटक ब्याटिङ गरेका छन् र पहिलो शतक आफ्नो नाममा लेखाएका छन् ।

बुधबार धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्रले ३७ बलमै शतक प्रहार गरे । यो पीपीलएकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे ।

मल्ल चौथो नम्बरमा ब्याटिङ गर्न आएका थिए । सुरुबाटै उनले विपक्षी बलरहरुमाथि आक्रमण गर्न थालेका थिए । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरेका थिए ।

शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए । उनको इनिङको मद्दतले काठमाडौंले निर्धारित १७ ओभरमा १८५ रनको विशाल योगफल खडा गरेको छ ।

काठमाडौंले अघिल्ला दुई म्याचमा पराजय व्यहोरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.