Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

संसदको पाँचौं अधिवेशन आज बाट सुरु हुँदै, अध्यक्षता उपसभामुखले गर्ने

अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा को बैठक बस्ने

शुक्रबार, पुस ४, २०७६
काठमाण्डाै ।

संसदको पाँचौं अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुन लागेको हो । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् ।

बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ । प्रतिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने छन् ।

राष्ट्रियसभाको कार्यसूची तय, प्रतिनिधिसभाको बाँकी

राष्ट्रिय सभाको बिहीबार बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बस्यो । जुन बैठकले अधिवेशनको पहिलो दिनको कार्यसूची तय गरेको छ ।

राष्ट्रिय सभाको पहिलो दिनको सम्भावित कार्यसूचीमा दलीय आधारमा संसदीय दलका नेताहरूले स्वागत मन्तव्य राख्ने उल्लेख छ ।

स्वागत मन्तव्यपछि मन्त्रिपरिषदको गठनसम्बन्धी राष्ट्रिपतिको कार्यलयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । केही समय अघि सरकारले मन्त्रिपरिषद पुर्नगठन गरेको थियो ।

राष्ट्रिय सभाले शुक्रबार विभिन्न चार जना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरेको छ ।

प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय हुन बाँकी छ । तर, सम्भावित कार्यसूची सचिवालयले तयार पारिसकेको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभाको सम्भावित कार्यसूची पनि राष्ट्रिय सभाको जस्तै छ । तर, कार्यव्यवस्थामा थपघट हुन सक्ने सूचना अधिकारी धमलाले जानकारी दिए । प्रतिनिधि सभाको कार्यब्यवस्थाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.