Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

पाकिस्तानमा प्राध्यापकलाई मृत्युदण्ड, सोसल मिडियामा मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप

२०१४ मा उनको पक्षबाट मुद्दा लड्न तयार भएका एक वकिलकाे गोली हानी हत्या गरिएकाे थियाे

आइतवार, पुस ६, २०७६
काठमाण्डाै ।

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ ।

३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो ।

अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको छ । ईशनिन्दाको आरोपलाई पाकिस्तानमा निकै गम्भीरताका साथ लिइन्छ ।

हफिजका पहिलो वकिल, राशिद रहमानले सन् २०१४ उनको मुद्दा लड्नका लागि तयार थिए तर उनको गोली हानी हत्या गरिएको थियो ।

त्यसपछि यो मुद्दा लड्नका लागि कोही पनि वकिल तयार भएनन् । पछि जब अर्का एक वकिल मुद्दा लड्न तयार हुँदा उनलाई पनि धम्की दिइएको बताइन्छ ।

मुद्दाको सुनुवाई सन् २०१४ मा सुरु भयो जसमा अभियोजन पक्षको तर्फबाट १३ व्यक्तिले बयान दिए । प्राध्यापकविरुद्ध बयान दिने व्यक्तिमा विश्वविद्यालयका शिक्षक, विद्यार्थी र पुलिसकर्मी थिए ।

यतिबेला जेलभित्र जुनैद हफिजमाथि अन्य कैदीले पटकपटक हमला गरे ।

मुल्तान सेन्ट्रल जेलमा बन्द जुनैद हफिजले अमेरिकामा फुलब्राइट स्कोलरशीपमा मास्टर डिग्री गरे र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ ,

पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापक बने ।

हफिजका वकिलका अनुसार यो निर्णय ‘सबैभन्दा दुर्भाग्यपूर्ण’ हो र आफूले यसविरुद्ध अपिल गर्नेछन् ।

यसैबीच अभियोजन पक्षका वकिललले आफ्ना सहयोगीलाई मिठाई बाँडे साथै ‘अल्ला हो अकबर’ र ‘ईशनिन्दकका लागि मृत्युदण्ड’ को नारा लगाए ।

एमनेस्टी इन्टरनेशनलले यसलाई ‘निकै निराशाजनक र आश्चर्यजनक’ बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.