Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

क्रिकेट रंगशाला निर्माणका लागि जिग्री र पाँडेले दिए को बन्छ करोडपतिको रकम

User Photo बिहिबार, पुस १०, २०७६
काठमाण्डाै ।

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् ।

दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनबाट खेल खेलेर जितेको उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेको हो । दुबै कलाकारले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जनाएका छन् ।

उनीहरुले स्टाटस् लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले एपि वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.