Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

टेलिभिजन कलाकार कुशलले गरे पंखामा झुन्डिएर आत्महत्या

कुशलको कोठामा सुसाइड नोट

User Photo शुक्रबार, पुस ११, २०७६
काठमाण्डाै ।

टेलिभिजन कलाकार कुशल पंजावीको निधन भएको छ । मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका थिए । मुम्बई प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । भारतीय मिडियाका अनुसार उनले पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् । तर, उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

तर, कुशलको कोठाबाट एउटा सुसाइड नोट भेटिएको छ । उक्त नोटलाई प्रहरीले सुरक्षित गरेको छ । प्रहरीका अनुसार उनले लेखेको नोट डेढ पेजेको छ । उक्त नोटमा उनले आफ्नो सम्पतीको आधा बाबु–आमा र बहिनीलाई दिन भनेका छन् । उनले लेखेका छन्–‘त्यहाँबाट बचेको सम्पत्ति मेरो तीन वर्षिय छोरालाई हुनेछ ।’

कुशलले २०१५ मा आड्री डालेनसँग बिबाह गरेका थिए । सन् २०१६ मा उनीहरुले छोरालाई जन्म दिएका थिए ।

कुशल भारतीइ टेलिभिजनमा चिनिएका कलाकार हुन् । उनले आफ्नो करिअरमा ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका छन् । उनले ‘सीआईडी, लव म्यारिज, देखो मगर प्यार से, कोई हे, फियर फ्याक्टर, कभी हां कभी ना’ जस्ता सफल टेलिभिजन कार्यक्रममा अभिनय गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.