रंगप्रसाद तिमिल्सैना लम्की/ पौष १२ बाल विकास शिक्षकहरुको पेशागत सुनिश्चितताका लागि आज (शनिबार ) कैलाली जिल्लाको लम्कीचुहामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल बाल विकास शिक्षक समिति कैलालीको आयोजनामा भएको कार्यक्रमका बोल्ने वक्ताहरुले बाल विकास शिक्षकहरुको स्थायी व्यवस्थापन र पेशागत सुनिश्चितताका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन । नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल बाल विकास शिक्षक समितिका केन्द्रिय अध्यक्ष कृष्णा थापा मगर रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भीमबहादुर बलायर, नेपाल बाल विकास शिक्षक समितिका केन्द्रिय महासचिव निर्मला गिरी रहनु भएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि लोकराज पन्थी, एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलालीका वरिष्ठ उपाध्यक्ष रुपलाल जैशी, अखिल नेपाल शिक्षक संगठन कैलालीका अध्यक्ष रामप्रसाद तिमिल्सैना, नेपाल राहत शिक्षक समितिका केन्द्रिय सदस्य रंगप्रसाद तिमिल्सैना, नेपाल बाल विकास शिक्षक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष लक्ष्मी भट्ट , नेपाल विद्यालय कर्मचारी परिषद कैलालीका अध्यक्ष गणेश खतिवडा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको नेपाल बाल विकास शिक्षक समिति कैलालीका सहसचिव पार्बती धमालाले जानकारी दिनुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा गौरीगङ्गा नगरपालिकाकि चन्द्रकला चौधरी, गोदावरी नगरपालिकाका रामदिप राना, लम्कीचुहा नगरपालिकाका नौरता खडका, चित्रा उपाध्याय, चरित्रा उपाध्याय , टीकापुर नगरपालिकाका तारा थापा लगायतका बाल विकास शिक्षिकाहरुले अन्तरक्रिया कार्यक्रमका अतिथिहरुलाई विभिन्न जिज्ञासा राख्नुभएको थियो । नेपाल बाल विकास शिक्षक समिति कैलालीका उपाध्यक्ष गीता रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सदस्य बागेश्वरी चटौत बिनाडीले गर्नुभएको थियो ।
