Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

मन्त्री र सांसदबीच ‘चर्काचर्की’ !

User Photo मङ्लबार, पुस १५, २०७६
काठमाण्डाै ।

जनकपुर । प्रदेश नम्बर २ का मन्त्री र सांसदबीच भुक्तानीको विषयलाई लिएर भनाभन भएको छ । तर, सामान्य भानभन भएको विषयलाई लिएर ‘कुटाकुट’ भन्दै समाचार प्रकाशित भएको भन्दै प्रदेश नम्बर २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले आपत्ति समेत जनाएका छन् ।

मंगलबार प्रदेश नम्बर २ को संसद बैठक सुरु हुनुअघि विभिन्न उपभोक्ता समूहहरुले प्रदेशसभा कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

सोही क्रममा संसद प्रवेश गर्ने क्रममा असन्तुष्ट समूहहरुलाई राज्यमन्त्री यादवले प्रक्रिया पुर्याएर प्रदेश सरकारले भुक्तानी गर्ने आश्वासन दिइरहेका थिए ।

‘त्यसैबेला आइपुगेका काँग्रेसका प्रदेश सांसद प्रमोद यादव र प्रमिला दास पनि उपभोक्ताहरुसँगै नाराबाजी गर्न थाले । उनीहरुले मन्त्रीले झुठ बोलेको समेत भने । तर कुनै हात हालाहाल भएको होइन । सामान्य भनाभन भएको हो,’ राज्यमन्त्री यादवले भने ।

प्रदेश सरकारले विभिन्न विकासे कामको आर्थिक बर्षको झण्डै ९१ करोड बाँकी छ । सोही विषयलाई लिएर उपभोक्ता समूहहरुले प्रदर्शन गरेका हुन् ।

उक्त भुक्तानी विभिन्न कानुनी कारणले रोकिएको मन्त्री यादवको भनाइ छ । सरकारले प्रक्रिया अन्र्तगत भुक्तानी प्रयास गरिरहेको बताएपनि काँग्रेस सांसदहरुले त्यसैलाई विषय बनाएर सदन अवरोध गर्दै आएका छन् ।

यता, प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि आफूले पहल गरिदिन आग्रह गरेको र त्यसक्रममा मन्त्री रायले दुव्र्यवहार गर्दै जथभावी बोलेकाले चर्काचर्की भएको बताइन् ।

राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका हुन् भने प्रदेसभा सदस्य दास नेपाली काँग्रेसको समानुपातिक कोटाबाट मनोनित भएकी हुन् ।

दासले आफलाई दुव्र्यवहार गर्दा आफूले हात देखाएको मात्रै बताइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.