Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

केही व्यक्तिहरू जन प्रतिनिधीकाे चरित्रहत्या गर्न लागी परेकाे प्रति कर्णाली प्रतिष्ठानकाे आपत्ति

चरित्रहत्या गर्ने कार्य जारीरहे आफुहरू पनि चुप नबस्ने चेतावनी

User Photo बुधबार, पुस १६, २०७६
काठमाण्डाै ।

जन प्रतिनिधीकाे चरित्रहत्या गर्नेगरी केही व्यक्तिहरू लागी परेकाे भन्दै कर्णाली प्रतिष्ठानले आपत्ति जनाएकाे छ । कालिकोट जिल्लाका प्रदेश (क) का माननीय कुर्मराज शाही र शुभ-कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईको चरित्र हत्या गर्न केहि अराजक मानसिकता बोकेका व्यक्तिहरु लागी परेका प्रति प्रतिष्ठानले आपत्ती जनाएकाे हाे ।

काममा अवराेध श्रृजना गर्ने र जन प्रतिनिधीकै विरूद्धमा अनावश्यक अफवाह फैलाइ चरित्रहत्या गर्ने केही दुषित मानसिकताका व्येक्तिलाई आफुहरूले समेत त्यसै नछाडने प्रतिष्ठानका अध्यक्ष तथा युवा बिध्यार्थी नेता हृदेन्द्र आचार्यले चेतावनी दिएका छन ।

नयाँ मिडिया संग कुरा गर्दै आचार्यले स्थानिय आवश्यकता, जनताको मर्म र भावना अनुसार काम गरिरहेका निष्ठावान जनप्रतिनिधिलाई अनावश्यक अबराेध गर्नेहरू जनप्रतिनिधीकाे लोकप्रियता सहन नसकेर चरित्रहत्या गर्न लागी परेकाे बताए ।

बिकास निर्माणका काममा जनप्रतिनिधीले नै कमिसन खाएको आरोप केही स्थानियहरूले लगाउदै आएकाछन । तर आराेप निराधार रहेकाे र विना प्रमाण हल्ला गरिएकाे अनेरास्ववियुका बिध्यार्थी नेता धीरेन्द्र आचार्यले बताए । यसरी गलत मानसिकताबाट चरित्रहत्या गर्ने कार्य जारीरहे आफुहरू पनि चुप नबस्ने उनीहरूले चेतावनी दिएका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.