कर्णाली प्रदेश

केही व्यक्तिहरू जन प्रतिनिधीकाे चरित्रहत्या गर्न लागी परेकाे प्रति कर्णाली प्रतिष्ठानकाे आपत्ति

चरित्रहत्या गर्ने कार्य जारीरहे आफुहरू पनि चुप नबस्ने चेतावनी
कर्णाली प्रतिष्ठानका अध्यक्ष तथा युवा बिध्यार्थी नेता हृदेन्द्र आचार्य
बुधबार, पुस १६, २०७६, काठमाण्डाै । 

जन प्रतिनिधीकाे चरित्रहत्या गर्नेगरी केही व्यक्तिहरू लागी परेकाे भन्दै कर्णाली प्रतिष्ठानले आपत्ति जनाएकाे छ । कालिकोट जिल्लाका प्रदेश (क) का माननीय कुर्मराज शाही र शुभ-कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईको चरित्र हत्या गर्न केहि अराजक मानसिकता बोकेका व्यक्तिहरु लागी परेका प्रति प्रतिष्ठानले आपत्ती जनाएकाे हाे ।

काममा अवराेध श्रृजना गर्ने र जन प्रतिनिधीकै विरूद्धमा अनावश्यक अफवाह फैलाइ चरित्रहत्या गर्ने केही दुषित मानसिकताका व्येक्तिलाई आफुहरूले समेत त्यसै नछाडने प्रतिष्ठानका अध्यक्ष तथा युवा बिध्यार्थी नेता हृदेन्द्र आचार्यले चेतावनी दिएका छन ।

नयाँ मिडिया संग कुरा गर्दै आचार्यले स्थानिय आवश्यकता, जनताको मर्म र भावना अनुसार काम गरिरहेका निष्ठावान जनप्रतिनिधिलाई अनावश्यक अबराेध गर्नेहरू जनप्रतिनिधीकाे लोकप्रियता सहन नसकेर चरित्रहत्या गर्न लागी परेकाे बताए ।

बिकास निर्माणका काममा जनप्रतिनिधीले नै कमिसन खाएको आरोप केही स्थानियहरूले लगाउदै आएकाछन । तर आराेप निराधार रहेकाे र विना प्रमाण हल्ला गरिएकाे अनेरास्ववियुका बिध्यार्थी नेता धीरेन्द्र आचार्यले बताए । यसरी गलत मानसिकताबाट चरित्रहत्या गर्ने कार्य जारीरहे आफुहरू पनि चुप नबस्ने उनीहरूले चेतावनी दिएका छन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ६ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै