Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

User Photo बुधबार, पुस १६, २०७६
काठमाण्डाै ।

काठमाडौं । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्नेछ ।

बुबाको आमासँग राम्रो सम्बन्ध छैन भने २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् । बुबा ज्याला मजदुरी गर्छन् । तीन पटक बुबाले आफूमाथि करणी गरेको जाहेरीमा उल्लेख छ । सोमबार आफन्तसहित आएर उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ र स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुसन्धान अधिकृतहरुले बुबाले कसूर स्वीकार्दै माफी मागेको बताएको छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.