Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट परीक्षा, क्षणभरमै नतिजा

User Photo बिहिबार, पुस २४, २०७६
काठमाण्डाै ।

काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ ।

हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो । सो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्समा हुने लिखित परीक्षाको अनियमितता हट्ने विभागको विस्वास छ ।

नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय पाइन्छ । सोही आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिन सक्ने विभागले जनाएको छ ।

नयाँ प्रावधानअनुसार लिखित परीक्षाका लागि कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ । परीक्षार्थीले पहिलेको लिखितको साटो कम्प्युटरमा नै उक्त प्रश्नको उत्तर दिनुपर्नेछ । यसबाट कम्प्युटरले तत्काल पास फेल बताइदिने छ । त्यसपछि सो विवरण यातायातको सर्भरमा सेट हुनेछ ।

यसका लागि अहिले विभागले अटोमेसन सफ्टवेयर तयार पारिरहेको छ । कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने विभागले बताएको छ । सो सफ्टवेयर बनिसकेपछि दैनिक सात हजारले परीक्षा दिन सक्ने विभागको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.