Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

‘विप्लव’ समूहद्वारा एनसेल टावरमा आगजनी

जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेपछि टावरमा आगजनी भएकाे हाे

User Photo शुक्रबार, पुस २५, २०७६
काठमाण्डाै ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जिल्लाको तारकेश्वर गाउँपालिका ५ स्थित मानेडाँडामा रहेको एनसेलको रिपिटर टावरमा आगजनी गरेको छ । गयराति साढे ११ बजे टावरमा जुटको बोरा प्रयोग गरेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अबिनारायण काफ्लेले बताए ।

टावरका व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत सामानमा पेट्रोल र मोविल छर्केर आगजनी गरिएको पाइएको काफ्लेले बताए ।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगलागी गर्ने समूहले भित्तेलेखन समेत गरेर फर्किएको स्थानीयले बताएका छन् ।

समूहका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाललाई मंगलबार प्रहरीले पक्राउ गरेपछि टावरमा आगजनी गरिएको हो ।

एलसेल टावर सदरमुकाम विदुरबाट डेढ घण्टाको दुरीमा पर्छ । नुवाकोटमा एनसेलका २३ टावर छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.