Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

तुम्बाहाम्फेलाई नै सभामुख बनाउन महिला अधिकारकर्मीकाे माग

तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष

User Photo मङ्लबार, पुस २९, २०७६
काठमाण्डाै ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै प्रतिनिधिसभाको सभामुख बनाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन्। नेपालको महिला आन्दोलनमा सहभागी ७० जनाभन्दा बढी सहभागी सोमबारको भेलाले तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष निकालेका हुन्।

भेलाले उपसभामुख रहँदा उनले कुनै विवादित काम नगरेको र आफ्नो जिम्मेवारी कुशलतापूर्व निभाएको भन्दै सभामुखमा उहाँलाई अघि सार्न आग्रह गरेको छ। ‘उपसभामुखमा उहाँले आफूलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गर्नु भएकाले अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी सबै राजनीतिक दलबाट विवेकपूर्ण निर्णय हुनेमा आफूहरू विश्वस्त रहेको,’ भन्ने भेलाको निष्कर्ष छ।

राजधानीमा भएको महिला अधिकारकर्मीहरुको भेलाले केही दिनदेखि अवरुद्ध संसद् र सभामुख, उपसभामुखसम्बन्धी विषयबारे छलफल गरेको थियो। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएर लिएको अडानले सबैको शिर उच्च बनाएको पनि भेलाले निष्कर्ष निकालेको छ।

जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भीर चासो प्रकट गर्दै बिधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकतालगायत विधेयकप्रति विशेष चासो रहेको पनि भेलाले निष्कर्ष निकालेको छ। भेलामा महिला तथा मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा सञ्चारकर्मीलगायत नागरिक समाजका विभिन्न अन्तरपुस्ता समेट्ने महिला तथा पुरुषको सहभागिता रहेको थियो।

भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको छ। न्याय र समानताको पक्षमा बोल्ने नागरिक समाजका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, राजनीतक विश्लेषक, मिडिया, महिला तथा पुरुष राजनीतिकर्मीको सरहाना पनि गरिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.