Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सामाजिक सञ्जालमा गरिने विज्ञापनकाे पैसा अब बैंकिङ प्रणाली मार्फत तिर्नुपर्ने

राष्ट्र बैंक द्वारा सामाजिक सञ्जालकाे विज्ञापन वैधानिक बनाउने तयारी

User Photo बुधबार, माघ १, २०७६
काठमाण्डाै ।

फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ ।

यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैंकले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको छ ।

नेपालबाट वार्षिक करिब ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमार्फत विज्ञापनका रूपमा बाहिरिने गरेको छ ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार, सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन, प्रसारण गराउन सर्वप्रथम त्यस्तो काम गर्ने संस्थाले राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्नेछ । विज्ञापनको दर टुंगो लागेपछि त्यस्ता सेवा प्रदायकले सम्बन्धित संस्थाको नाममा इन्भ्वाइस जारी गर्नेछन् । सोही इन्भ्वाइसका आधारमा विज्ञापनको काम गर्ने संस्थाले बैंकमा रकम जम्मा गराउनुपर्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.