Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

राष्ट्रपति द्वारा संवैधानिक व्यवस्था सुधारको प्रस्ताव, प्रधानमन्त्री द्वारा राजीनामा

राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर राजीनामा दिएकाे प्रधानमन्त्रीकाे भनाइ

User Photo बिहिबार, माघ २, २०७६
काठमाण्डाै ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन् । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको छ ।

प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री मेदभेदेवले भनेका छन्, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’

टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मेदभेदेवका अनुसार कानून सुधारका आगामी सबै निर्णय अब राष्ट्रपति पुटिनले लिनेछन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन मेदभेदेवलाई आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भनेका छन् । पुटिनले सुरक्षा परिषद्को उपप्रमुखको पद पनि प्रस्ताव गर्दै त्यसका लागि नेतृत्व लिन मेदभेदेवलाई सुझाव दिएका छन् ।

एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.