Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

सभामुखको उम्मेदवार चयन गर्न आज दिउसो नेकपाकाे सचिवालय बैठक बस्दै

ओली र दाहालबीच आइतबार बिहानै भेटघाट

User Photo आइतवार, माघ ५, २०७६
काठमाण्डाै ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्नका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान भएको बैठकमा दिउसो सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

नेकपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए।

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ। सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज महिनामा राजीनामा दिएका थिए।

सभामुखको प्रस्ताव अध्यक्ष ओलीलेगर्नेकि दाहालले भन्नेमा नेकपामा विवाद थियो। जसका कारण पुस ४ गते बोलाइएको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा छ।

प्रतिनिधिसभा बैठक सोमबार आह्वान गरिएको छ। उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.