Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

अग्नि सापकोटालाई सभामुख बनाउने ओली र प्रचण्डबीच सहमति

User Photo आइतवार, माघ ५, २०७६
काठमाण्डाै ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।

सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.