Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

ए डिभिजन लिगमा एपीएफमाथि एनआरटीको रोमाञ्चक जित

User Photo आइतवार, माघ ५, २०७६
काठमाण्डाै ।

शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एपीएफलाई ३-२ ले पराजित गरेको हो ।

८५औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि एनआरटीले जित हात पारेको हो । २४औं मिनेटमा आन्द्रे थियरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

तर आशिष लामाले ४१औं र ५३औं मिनेटमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । ८० मिनेटसम्म एनआरटीले एक गोलले पछि थियो । तर ८० औं मिनेटमा एनआरटीका जोर्डन एनडेम्बाले गोल फर्काउँदै खेल २-२ को बराबरी गरे । त्यसको पाँच मिनेटपछि दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई जित दिलाए ।

यस सिजन एनआरटीको यो चौथो जित हो । ७ खेलबाट एनआरटीले ४ जित र १ बराबरीसहित १३ अंक जोडे पनि २ अंक ऋण तिरेकोले अब ११ अंक मात्र छ ।

गत सिजन ननरेलिगेसन लिगमा अन्तिम भएकोले एनआरटीले २ अंक गुमाएको हो । एनआरटीले पनि नेपाल पुलिस र थ्री स्टार समान ११ अंक जोडेको हो ।

एनआरटीको जितपछि लिगमा टप सिक्समा रहने टोलीबीच २ अंक मात्र अन्तर छ । त्रिभुवन आर्मी, मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १३ अंक छ भने थ्री स्टार, नेपाल पुलिस र एनआरटीको समान १३ अंक छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.