Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाकी टोली घोषणा

नेपाल, अमेरिका र ओमान बिच माघ २२ देखि २९ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदै

User Photo मङ्लबार, माघ ७, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा यही माघ अन्तिम साता हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाको टोली घोषणा भएको छ ।

शौरभ नेत्रभाल्करको कप्तानीमा युएसए क्रिकेटले सोमबार १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै, अमेरिकाले नेपाल आउनुअघि भारतको मुम्बईमा तयारीसमेत गर्ने भएको छ ।

नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

काठमाडौंको कन्डिसनमा अभ्यस्त हुनका लागि अमेरिकाले मुम्बईका तयारी क्याम्प राख्न लागेको जनाएको छ । अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ । जहाँ अमेरिकाले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेलसमेत खेल्नेछ ।

खेल मुम्बईको मान्भलीस्थित सचिन तेन्दुरलकर जिमखाना ग्राउण्डमा हुनेछ ।

अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल ८ खेल खेल्दा अमेरिकाले ६ खेल जितेको थियो ।

नेपाली टिम भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रशिक्षणमा २४ खेलाडी छन् । अब त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।

अमेरिकी टिम

शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.