Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

टिपरले ठक्कर दिँदा महिलाको मृत्यु, भुइँमा लडेपछि ब्याक गरेर मारेको स्थानीयको दाबी

ठक्कर दिने टिपरमा आगजनी

User Photo शुक्रबार, माघ १७, २०७६
काठमाण्डाै ।

गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् ।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.