कारागारमा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख मागका रूपमा उठाइरहेकाे राजपाले नैतिक विजय भइसकेकाे बताउन थालेकाे छ ।
रेशम चौधरीको रिहाई प्रक्रिया अघि बढेसँगै नेकपा–राजपाबीच सहकार्य पनि उही रफ्तारमा अघि बढ्ने राजाप अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताएका छन। उनले भने ‘अहिले नेकपाका अध्यक्ष पुष्पकमल दfहाल प्रचण्डले माननीय रेशम चौधरीको रिहाईको विषयलाई गम्भीरतापूर्वक उठाउनु भएको सुनेको छुँ, ‘नेकपाका शिर्ष नेताहरु टीकापुर घटनालाई राजनीतिक भन्न थाल्नुभएको छ, यो हाम्रो लागि नैतिक विजयी हो।’ यसलाई सकारात्मक रुपमा लिएका छौं, उनले थपे।
दुबै दलबीच दुई बुँदे सहमति बनिसकेको छ भण्डारीले नागरिकसँगकाे कुराकानीमा भने,‘बल नेकपाको कोर्टमा छ। उनले थपे,‘ उहाँहरु (नेकपा) हाम्रो मागप्रति जती सकारात्मकता देखाउनुहुन्छ हामी त्यती लचकतासाथ सहकार्य अघि बढाउँछौं।’
पुस २ गत्ते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको दुई बुँदे सहमतिपछि मधेसको मात्र होइन यसले देशकै राजनीतिमा सामान्य तरंग ल्यायो। सहमतिको पहिलो बुँदा (राष्ट्रियसभा सदस्य निर्वाचनमा दुबै दलबाट दुईदुई जना सदस्य)पूरा भएसँगै दोस्रो बुँदा कार्यान्वयनका लागि दुबै दलका नेताहरु कसरतमा लागेका छन्। दोस्रो बुँदा अर्थात राजनीतिक सहमतिका विषयमा समझदारी कायम गरेर अघि बढ्ने। जसकाे मुख्य आशय रेशम चाैधरीकाे रिहाइ भएकाे बुझिएकाे छ ।
राजाप अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बिहिबार काठमाडौंको एक कार्यक्रममा रेशम चौधरीको मुद्दालाई राजनीतिक रुपमा सामाधान गर्न माग गरे। उनले रेशम चौधरीको मुद्दा सामाधन भए सरकारसँग सहकार्य(समर्थन) अघि बढ्ने संकेत दिएका छन्। यो सरकारसँग सहकार्य नै हुन सक्दैन भन्ने होइन उनले भने,‘हाम्रा मागमाथि प्याकेजमा सहमतीको ग्यारेन्टी भए सहमति सहज ढंगले अघि बढ्छ।’
चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा छन्। राजपाले नेकपासँग राजनीतिक सहमतिलाई अघि बढाउन चौधरीको रिहाईलाई प्रमुख एजेन्डा बनाएको राजपा स्रोतले बतायो।
