Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

फागुन भित्रै नेपाली रेल सञ्चालनमा आउने, २ सय कर्मचारी माग गर्दै विभाग

भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति

User Photo बुधबार, माघ २२, २०७६
काठमाण्डाै ।

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।

नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ ।

पुराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा नयाँ प्रविधिसँगै विभागले आवश्यक अध्ययन अनुसन्धान गरिरहेको भन्दै उनले हाल भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति भएको बताए ।

यसबाहेक नेपालीका लागि सरकारले दरबन्दी आह्वान गर्न २ सय जनाको माग गर्न स्वीकृति दिएको उनले बताए । हाल विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दीमा कर्मचारी नियुक्त गर्ने उनले बताए ।

सरकारले रेल रञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.