Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

बिग मार्टको ‘बिग मेला’मा पाँच तोला सुन जित्ने अवसर

योजना माघ १८ देखि फागुन ३ गतेसम्म संचालन हुने

User Photo शुक्रबार, माघ २४, २०७६
काठमाण्डाै ।

बिग मार्टले आफ्नो ५० औं स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ । माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन जित्ने अवसर पाउनुहुनेछ ।

‘बिग मेला’को अवधिभर बिग मार्टका पाँच जना ग्राहकले हरेक दिन १० हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर जित्न सक्नुहुनेछ । साथै, यसै अवसरमा बिग मार्टले फेसबुक फोटो कन्टेस्ट पनि सुरु गरेको छ जसमा एक जना भाग्यशाली ग्राहकले आईफोन ११ प्रो जित्न सक्नुहुनेछ ।

यो कन्टेस्टमा भाग लिन ग्राहकले बिग मार्टका स्टोर बाहिर राखिएका फोटोबुथमा फोटो खिची बिग मार्टको फेसबुक पेजमा मेजेस गर्नुपर्नेछ र बिग मार्टले आफ्नो फेसबुक पेजमा सो फोटो अपलोड गरेपछि सम्बन्धित ग्राहकले ‘आई शप एट बिगमार्ट’ क्याम्पस राखी आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ ।

सबै भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्रमार्फत हुनेछ । यो योजना माघ १८ गतेदेखि आगामी फागुन ३ गतेसम्म संचालन हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.