Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

नेपालले रच्याे ओडीआईमा विश्व कीर्तिमान, अमेरिका ३५ रनमै अलआउट !

३५ रन मात्र बनाएकाे अमेरिकाकाे याे ओडीआईको सर्वाधिक थोरै रन

User Photo बुधबार, माघ २९, २०७६
काठमाण्डाै ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ । आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै विश्व कीर्तिमान रचेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रनमा मात्रै जोड्न सफल भयो । यो ओडीआईको सर्वाधिक थोरै रन हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

अमेरिकालाई सस्तैमा समेट्नका लागि लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए । उनले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए । यो सँगै नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन् ।

सुशन भारीले ३ ओभरमा ५ रन खर्चिदै ४ विकेट लिए । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमरले भने चारवटै खेल जितेको छ । नेपाल ओमनसँग दुवै खेलमा पराजित भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.