रमित पाण्डे लम्की
अखिल नेपाल शिक्षक संगठन लम्की चुहा कैलालीको प्रथम लम्की चुहा परिषद आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । लम्की चुहा नगर अध्यक्ष शिव बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य सुमन कुमार न्यौपाने रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिथी न्यौपानेले नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन बीच एकता अब चाडै हुने बताउनु भयो । शिक्षक हक हितकाका लागि संगठन सधै लागी पर्ने बताउनु भयो ।
लम्की चुहा नगरपालिकाका १० वटा वडा का पदाधिकारी समेटी शिव बहादुर थापा को नेतृत्वमा 55 सदस्यीय नगर परिषद गठन गठन समेत गरेको छ ।
संगठनका बरिस्ठ उपाध्यक्ष पुर्ण प्रसाद जैशिको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन संगठनका सचिव भुपेन्द्र तिमिल्सेनाले गर्नु भएको थियो ।
काठमाण्डाै ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
