Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

आरआर क्याम्पसमा झडप, नेविसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा

तत्काल रिमाई गर्न नेविसंघकाे माग

User Photo सोमवार, फाल्गुन ५, २०७६
काठमाण्डाै ।

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएकाे छ ।

नेविसंघका पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ । उनीहरुलाई तत्काल रिमाई गर्न नेविसंघले माग गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.