केमरुनको उत्तरपश्चिम गाउँ न्तुम्बोमा एकै गाउँका १४ बालबालिका सहित २२ जनाको मृत्यु भएको छ ।
यहाँको प्रतिपक्षी दलले हत्याको आरोप सेनामाथि लगाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार शुक्रबार गाउँमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार एक गर्भवती महिलासहित २२ जना गाउँलेको हत्या भएको थियो ।
केमरुनमा पछिल्लो तीन वर्षयता पृथकतावादी समूह सक्रिय रहँदै आएको छ । प्रतिपक्षी दल लगायत केहीले हत्याको आरोप सेनामाथि लगाए पनि सेनाले अस्वीकार गर्दैआएको छ ।
