Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधन गराै

स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० मा ल्याउन समेत प्रस्ताव

User Photo मङ्लबार, फाल्गुन १३, २०७६
काठमाण्डाै ।

सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताए ।

संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उनले भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि सबैको ध्यानाकर्षण गराउन चाहान्छु । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीमा जाउँ ।’

तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १५१ सदस्यीय एउटामात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत उनले प्रस्ताव राखेका छन् । तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० को हाराहारीमा ल्याउन समेत प्रस्ताव राखेका छन् ।

तामाङले सत्तारुढ दल र बाहिरबाट समेत संविधान संशोधनको कुरा उठिरहेका बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको संसदका पक्षमा यसै संसदबाट संविधानमा संशोधन गर्न समेत प्रस्ताव राखेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.