Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

आजबाट मौसम सुधारिन्छ- मौसमविद

अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिक बदली

User Photo बिहिबार, फाल्गुन १५, २०७६
काठमाण्डाै ।

केही दिनदेखिको बदली र वर्षा रोकिएर आजबाट मौसम सुधारिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि भित्रएको न्यून चापीय प्रणालीले देशका विभिन्न भागमा बदली र वर्षा भएको थियो । तर यो प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले आजबाट मौसम सुधार हुने मौसमविदले जनाएका छन् ।

मौसमविद्का अनुसार, बिहीबार बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.