नेपाली कांग्रेस भ्रातृसगंठन नेपाल विद्यार्थी संघले काठमाडौंको प्रदशनिमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघ आरआर क्याम्पस, ल क्याम्पस र विश्व भाषा क्याम्पसको सयुक्त आयोजनामा नेपाल आइतबार बिहान प्रदशनिमार्गमा प्रदर्शन गरिएको हाे।
कितावमा र पेट्रोलियम पदार्थमा लगाउने भनिएको कर फिर्ता लिन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न र बालुवाटार र बाँस्कोटा प्रकरण छानबिनको माग राखेर नेविसंघले प्रदर्शन गरेको नेविसंले बताएकाेछ। प्रदर्शनका क्रममा सरकार विरुद्ध नाराबाजी गर्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागे।
आजबाट सरकारबिरुद्ध सुरु भएको आन्दोलन सरकारले पछिल्लो समय किताब तथा पेट्रोलियम पदार्थमा कर लगाउने कदमबाट पछि नहटेसम्म आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ।
